तुलसीपुर । तुलसीपुरमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कविद्वय भवानी न्यौपाने भावना र प्रणव आकाशले कविता वाचन थिए ।
कवि प्रणवले जम्मा आठ वटा गद्य कविता वाचन गरेका थिए । उनले अङ्कहरुको मान्छे, खण्डहर, साली, ब्राण्डेड दासता, कमरेड लालसलाम लगायत शीर्षकका कविताहरु वाचन गरेका थिए ।
कवयीत्री न्यौपाने अस्वस्थ भएकाले उनको कविता कवि डा. कृष्णराज डिसीले वाचन गरेका थिए । कवि डिसीले न्यौपानेको बोलीमा लोली मिलाउँदै पहिलो भुजङ्गप्रयात छन्दको सुन्दर प्रकृति शीर्षकको कविता वाचन गरेका थिए । त्यस्तै यात्रा र प्रकृति शीर्षकको मन्दाक्रान्ता छन्दको कविता, सदिक्षा शीर्षकको कविता लगायत छ वटा कविता वाचन गरेका थिए ।
स्वतन्त्र साहित्य पुञ्ज नेपालको आयेजनामा तुलसीपुरमा शनिबार भएको एकल कविता वाचन कार्यक्रम भएको थियो । स्वतन्त्र साहित्य पुञ्ज नेपालकी अध्यक्ष भवानी न्यौपानेको अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक प्रा.डा. बाबुराम आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि दाङ साहित्य तथा संस्कृति संस्थानका अध्यक्ष डिल्लीराज श्रीधर, वरिष्ठ साहित्यकार नारायण नेपाल लगायतकाले बोलेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले कविताहरुले कर्मलाई प्रेरित गर्न, सद्भावनाको प्रचारप्रसार गर्नुपर्ने र मूलधारबाट बाहिरिएका मानिसहरुलाई जोड्ने अभ्यास साहित्यकाहरुले गर्नुपर्ने बताएका थिए । कविता वाचन कार्यक्रममा विनोद गौतम र बसन्त कुमार सिंहले हार्माेनियम र बासुरी बजाएर साथ दिएका थिए ।
उक्त अवसरमा कवि भावना न्यौपाले कार्यक्रममा उपस्थित भएका विद्यार्थीहरुलाई सम्मान गरेकी थिइन् । कार्यक्रमको सहजीकरण स्मृति योगीले गरेकी थिइन् ।


