पाल्पा । रामपुर साना सहरी खानेपानी उपभोक्ता संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कमलराज भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओली प्रमुख अतिथिमा सम्पन्न भएको हो।
सभाका प्रमुख अतिथि खेमराज ओलीले वर्तमान सरकारले आम नागरिकको मौलिक अधिकारका रूपमा रहेको खानेपानीजस्तो सेवामूलक संस्थामा आयकर मिनाहा, विद्युत महसुलमा छुट तथा ब्याजदर कम गरिनुपर्नेमा जोड दिएका थिए। उनले उपभोक्ता संस्थाहरूका लागि साधारणसभा आर्थिक पारदर्शिताको आधार भएको बताउँदै स्वच्छ खानेपानी उपलब्ध गराउनु र उपभोक्ताको हित संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरे ।

संस्थाका उपाध्यक्ष विष्णुमाया ढकालको स्वागत मन्तव्यवाट सूरु भएको उक्त सभामा सचिव निलकण्ठ पोख्रेलले संस्थागत प्रतिवेदन र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष भोजराज भट्टराईले गरेका थिए । भने कार्यक्रमको सहजिकरण संस्थाका सचिव नीलकण्ठ पोखरेलले गरेका थिए ।





