एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइजको जित, काँक्रेबिहार पराजित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई पराजित गरेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले काँक्रे बिहारलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजको जितमा दुवै गोल रिचर्ड विल्सनले गरेका थिए भने काँक्रेबिहारका तर्फबाट सुदेन विक्रम विश्वकर्माले पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितसँगै ९ खेल खेलेको चर्च ब्वाइजले २२ अंक जोडेको छ भने काँक्रेबिहारको १ अंक रहेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस