विजौरी । ‘यो चुनावमा प्रमुख राजनितिक दलहरुको गठवन्धन देखिएका छैन, यसले ती राजनितिक दलहरुलाइ आफ्नो एथार्थ जनमतको धरातल पहिचान गर्न मदत पुग्ने छ, मतदाताहरुले चाहेको चुनाव चिन्हमा मतदान गर्न सक्ने छन्’, आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गठवन्धन नहुने अवस्थाको चित्रण गर्दै जनकल्याण मावि दुधरासका शिक्षक गिरीराज पाण्डेले भने । कुनै अमुक व्यक्तिलाइ सत्तामा पु¥याउने खेल मात्र गठवन्धन भएको पाण्डेको बुझाइ छ ।
पाण्डे मात्र होइन, अहिले हरेक बस्तीमा यस्तै वहश भैरहेको देखिन्छ कि गठवन्धन नहुदाको अवस्थामा अधिकांश मतदाता खुसी छन् । विचारै नमिल्ने दलहरु मिलेर चुनाव सम्पन्न गर्ने र भागवण्डामा सवथोक गन्जागोल बनाइदिने अभ्यास मुलुकमा करीव एक दशक जारी रह्यो । यसले नत दलहरुलाइनै राम्रो गरी संगठन विस्तार गर्न र आफ्ना एजेण्डा सरकारमा लैजान सहयोग पुग्यो, नत मुलुककै स्थाइ शन्ति र समृद्धिमानै ठोंस सहयोग गर्न सक्यो । ‘म पनि अहिलेको चुनावी अभियानमा अत्यन्तै खुसी छु, किनकि मैले आफुले चाहेको चुनाव चिन्हमा मत दिन पाउने छु, किनकि अहिले हाम्रो क्षेत्रमा चुनावी गठवन्धन भएको छैन’, तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासका मतदाता धनवहादुर डांगीले भने । उनको अनुसार यो खुसी मतदातालाइ मात्र होइन, राजनितिक दलहरुलाइ पनि आफु कुन धरातलमा छु भनेर जनमत मापन गर्ने सुवर्ण अवसर पनि हो ।
दाङ जिल्लाको सन्दर्भ हेर्ने हो भने विसं २०७० शाल यता यहांका राजनितिक दलहरु एकल रुपमा चुनावी प्रतिस्पर्धामा छैनन् । विसं २०६४ शालको पहिलो संविधानसभाको निर्वाचनमा दाङ जिल्लामा ५ वटा निर्वाचन क्षेत्र थिए । परीणाम पांचवटैमा तात्कालिन माओवादीले हातपारेको थियो । दोस्रो संविधानसभा निर्वाचन २०७० शालमा हुदा पनि राजनितिक दलहरु गठवन्धनमा थिएनन् । सिंगल सिंगल लड्दा ५ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो । त्यसपछिका निर्वाचनमा फेरी प्रमुख राजनितिक दलहरुबीचनै गठवन्धनको अभ्यास सुरु भयो ।
कुनैपनि खास कार्ययोजना र खास उदेश्य विना खालि सत्ताकैलागी गठवन्धन गर्ने अभ्यासले एक दशक सम्म मुलुकलाइ सहि गन्तव्यमा पु¥याउन नसकेको पनि मतदाताहरुको निश्कर्ष छ । ‘फेरी पनि ठुलादलहरुबीच चुनावमा गठवन्धन भयो भने त्यो आम नागरीकका लागी दुर्भाग्य हुने छ’, तुलसीपुर उपमहानगरपालिका–१७ झिंगैका मतदाता रमेश रावत भन्छन्, अहिले सम्म जे भएको छ, ठिक भएको छ । रमेश रावत जस्तै टेक वहादुर वली, विनोद वली र मदन केसी पनि चुनावी गठवन्धन नभएकोलाइ राम्रो लोकतान्त्रिक अभ्यासका रुपमा स्वीकार्छन् । फेरी पनि कहि कतै सामाजिक सन्जालमा खास खास क्षेत्रमा खास खास व्यक्तिलाइ जिताउन गठवन्धन हुन सक्ने हल्लाले भने मतदाताहरु आक्रोशित छन् । कतिपय मतदाता त गठवन्धन भयो भने नो भोट गर्ने सम्मको अवस्थामा छन् ।
कहिले चुनावमा गठवन्धन त कहिले सरकार गठनमा गठवन्धन गर्ने प्रमुख राजनितिक दलहरुको अभ्यासले मुलुकमा स्थाइ सरकार निर्माण हुन सकेन । मुलुकमा वहुदलिय प्रजातन्त्रमा होस वा संघियतापछिको अभ्यास कुनैपनि सरकार पुरै कार्यकाल टिक्न सकेनन् । यहां सम्मकि निर्वाचनमा एउटा दलसंग गठवन्धन गरी चुनाव जित्ने अनि सरकार गठन गर्दा त्यहि दललाइ प्रतिपक्षि बनाउन अर्को दलसंग मिलेर सरकार गठन गर्ने सम्मका दुर्भाग्यहरु समेत यो वाह्र बर्षमा भए ।
कम्तिमा सिंगल सिंगल चुनावी प्रतिस्पर्धा हुने भएको अवस्थामा त जनमत कुन पार्टि तर्फ छ भन्ने स्पष्ट देखिन्थ्यो । तर चुनावी गठवन्धनले अहिले राजनितिक दलहरुले समेत आफ्नो जनमत कति छ भनेर मुल्यांकन गर्न समेत सकेका छैनन् । त्यसैले पनि यो निर्वाचनमा कसले बाजि मार्ला भन्ने एकिन विश्वास कसैलाइ पनि छैन । मत सर्वेक्षणमा समेत यसले सहजता दिएको छैन ।
दाङ जिल्लाको सन्दर्भ हेर्ने हो भने विसं २०७० शाल यता यहांका राजनितिक दलहरु एकल रुपमा चुनावी प्रतिस्पर्धामा छैनन् । विसं २०६४ शालको पहिलो संविधानसभाको निर्वाचनमा दाङ जिल्लामा ५ वटा निर्वाचन क्षेत्र थिए । परीणाम पांचवटैमा तात्कालिन माओवादीले हातपारेको थियो । दोस्रो संविधानसभा निर्वाचन २०७० शालमा हुदा पनि राजनितिक दलहरु गठवन्धनमा थिएनन् । सिंगल सिंगल लड्दा ५ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो । त्यसपछिका निर्वाचनमा फेरी प्रमुख राजनितिक दलहरुबीचनै गठवन्धनको अभ्यास सुरु भयो ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीको चुनावी गठवन्धन भयो । त्यो वेला दाङमा तीन वटा मात्र निर्वाचन क्षेत्र भैसकेका थिए । तीनवटै क्षेत्रमा गठवन्धनले जित्यो, कांग्रेस एक्लै लडेको थियो । फेरी प्रतिनिधिसभा निर्वाचन २०७९ शालमा दाङ जिल्लामा कांग्रेस, माओवादी र समाजवादी गठवन्धन भयो, तीनवटै दलले एक एक क्षेत्रमा चुनाव जिते । प्रतिनिधिसभा निर्वाचन २०८२ मा अहिलेसम्म प्रमुख राजनितिक दलहरुबीच गठवन्धन भएको छैन । यसैले पनि यो चुनाव रोचक रहने मतदाताहरुको आकांक्षा रहेको छ ।
गठवन्धनले मतदाताको स्वायत्त अधिकारमाथी बन्जेज गर्दछ, त्यसैले पनि लोकतन्त्रमा गठवन्धनलाइ मतदाताले त्यति स्वीकार्ने अवस्था रहंदैन’, यस क्षेत्रका राजनितिक विश्लेषक डा सुदिप गौतम भन्छन्, अहिले पनि कुनैपनि मतदाताले चुनावमा गठवन्धन नहोस भन्ने चाहिरहेका छन् । राजनितिक दलहरुले गठवन्धन गरेपनि नतिजा भने फरक आएको डा गौतमको भनाइ छ ।
‘गठवन्धनमा रहेका दुइ दलको जति मत थियो, त्यो मतगणना परीणाममा प्रतिविम्वित हुन सकेन’, डा गौतमले भने, गठवन्धन त नेतृत्वकालागी मात्र सावित भयो, मतदातालाइ यसले थप चिढ्याउने काम भएको थियो । त्यसैले पनि अहिले जसरी दलहरु सिंगल सिंगल चुनावी मैदानमा छन्, यसमा मतदाताहरु पनि उत्साहित छन् । यसले वर्तमान अवस्थामा राजनितिक दलको एथार्थ रुपमा जनमतको धरातल पनि स्पष्ट रुपमा देखिने छ ।
साभार : साक्षी खबर पत्रिकावाट


