काठमाडौं । कृषि बिकास बैंक लिमिटेडको ५९ औ बार्षिक ऊत्सवको अवसरमा कृषि बिकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले शुक्रबार मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।
मुख्य कार्यालय समितिका अध्यक्ष ई.सुरेशकुमार क्षेत्रीको अध्यक्षता एबम् बिफु नेपालका अध्यक्ष धर्मराज मैनालीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ , उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने , मिनराज पोखरेल, सुदिप दाहाल लगायतको सहभागिता थियो ।

कृषि बिकास बैक कर्मचारीसंघ नेपालका अध्यक्ष छगेन्द्र आचार्यका अनुसार यस युनियनका प्रदेश समितिले समेत माघ महिना भित्र देशभर नै रक्तदान कार्यक्रम गर्ने जानकारी दिए । रगतको अभावमा हुने मानव जीवनको क्षतिलाई न्युनीकरण गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।
संघका मुख्य कार्यालय समितिका अध्यक्ष सुरेशकुमार क्षेत्रीका अनुसार कार्यक्रमबाट १२१ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटिको सहयोगमा संकलित रगत बिरामीहरुको समस्या समाधान गर्नमा सहयोग पुग्नेछ ।



