एमाले महाधिवेशन : मतदानको समय फेरि सर्‍यो, बेलुकी ६ बजेदेखि सुरु हुने

काठमाडौँ — एमालेमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ६ बजेदेखि मात्र मतदान हुने भएको छ । यसअघि दिउँसो ४ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक कारणले मतदानमा ढिला हुने भएको हो ।

एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले बेलुका ६ बजेदेखि मतदान सुरु हुने बताए ।

एमाले नेता सुनिता बरालले पनि प्राविधिक कारणले मतदान केही ढिला हुने भएको बताइन् । उनले बिहानदेखि नै मतदानका निम्ति तयार भए पनि उम्मेदवारी दर्ता भएपछि नामहरूलाई प्राविधिक सिस्टममा राख्ने काम भइरहेको बताइन् । उनले भनिन्, ‘नामहरू सिस्टममा राख्ने काम भइरहेको छ । मतदान गर्दा अर्को दिन पनि हुनसक्छ ।’

राम(लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले पनि विद्युतीय भोटिङ मेसिनमा बिहानै कोडिङ गरिए पनि पुनस् नाम तलमाथि गर्नुपरेकाले समय लाग्ने बताए । उनले भने, ‘बिहानै १० बजे कोडिङ सकिएको थियो । उम्मेदवारहरूको नामावलीको क्रमसंख्या तलमाथि गर्नुपर्ने भएकाले केही समय लाग्छ ।’

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस