काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेयर अक्सन सूची सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सूचीमा विश्वभरका कुल ३५० खेलाडीको नाम समावेश गरिएको छ ।
यी खेलाडीहरू माथि १६ डिसेम्बरका दिन यूएईको अबुधाबीमा बोलि लगाइनेछ । भारतीय समयअनुसार अक्सन दिउँसो साढे २ बजे सुरु हुनेछ । आईपीएलको आधिकारिक वेबसाइटका अनुसार १,३९० खेलाडीले अक्सनका लागि दर्ता गरेका थिए ।
तीमध्ये ३५० खेलाडी छनोट भएका छन् । छनोट भएकामध्ये २४० भारतीय र ११० विदेशी खेलाडी छन् । यसैगरी सूचीमा २२४ अनक्याप्ड भारतीय खेलाडी र १४ अनक्याप्ड विदेशी खेलाडी समावेश छन् ।
१६ डिसेम्बरमा हुने अक्सनमा फ्रेन्चाइजहरूले कुल ७७ खाली स्लटका लागि प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये ३१ स्लट विदेशी खेलाडीका लागि छुट्याइएको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार


