कांग्रेस सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

एक टेलिभिजनको कार्यक्रममा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबाट यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने छ ।’

कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस