‘उज्यालो नेपाल’ र ‘हाम्रो नेपाल’ पार्टीबीच एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति

काठमाडौं । ‘उज्यालो नेपाल पार्टी’ र खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल’ पार्टीबीच एउटै चुनाव चिह्न लिएर चुनावमा जाने सहमित भएको छ ।

यी दुवै दलबीच बुधबार सहमति भएको हो ।

दुवै पार्टीले चुनाव चिह्न भने बिजुलीको चिम प्रयोग गर्ने भएका छन् ।

यही सहमति कायम गर्दै उनीहरूले निर्वाचन आयोगमा दर्ताको निवेदन पनि दिएका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस