मिचेल स्टार्कको घातक बलिङमा अष्ट्रेलियाविरुद्ध सस्तैमा समेटियो इंग्ल्याण्ड

आजदेखि सुरु भएको पाँच खेलको द एशेज सिरिजको पहिलो खेलमा पाहुना टोली इंग्ल्याण्ड अष्ट्रेलियाविरुद्ध सस्तैमा अलआउट भएको छ । ​पर्थ स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३२।५ ओभरमा १ सय ७२ रन मात्र बनाउन सक्यो ।

इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ५२, ओली पोपले ४६, जेमी स्मिथले ३३ र बेन डकेटले २१ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले घातक बलिङ गरे । उनले १२.५ ओभरमा चार मेडनसहित ५८ रन खर्चिएर सात विकेट लिए । ​स्टार्कको यो टेष्ट करियरको उच्च प्रदर्शन पनि हो । यसअघि यो ढाँचामा उनको वेष्ट प्रर्दशन ६ विकेट लिएर ९ रन खर्चिनु हो ।

त्यस्तै, पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका ब्रेन्डन डगेटले दुई तथा क्यामरुन ग्रीनले एक विकेट आफ्नो नाममा गरे ।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस