तुलसीपुर । गोरखा मावि तुलसीपुरले आफ्नो भगिनि संस्था श्री मावि प्रतापकोटमा तीन दिने कथालेखन कार्यशाला सम्पन्न गरेको छ । तुलसीपुरको अति विकट मानिने दुर्गम क्षेत्रको प्रतापकोट स्कुलसंग भगिनि संबन्ध गासेसंगै गोरखा मावि तुलसीपुरले विद्यालयलाइ विविध शैक्षिक सामाग्रिहरु समेत प्रदान गर्दे आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलामणि बाठाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यमा तीन दिने कथा लेखन कार्यशालाको समापन गरिएको हो । सो कार्यशाला समापन कार्यक्रममा कथालेखन प्रशिक्षक विजयराज आचार्य, गोरखा मावि तुलसीपुरका शैक्षिक निर्देशक दुर्गा केसी, वडा सदस्य राजेन्द्र गुरुङ, विद्यालयका सहायक प्रधानाध्यापक शुशिल गिरी लगायतले कार्यशालाले यस क्षेत्रका विद्यार्थिहरु उत्साहित भएको बताए ।
गोरखा मावि तुलसीपुर नाम चलेको निजि विद्यालयले तुलसीपुर उपमहानगरपालिकाकै अति दुर्गम बस्तीमा रहेको श्री मावि प्रतापकोटसंग भगिनि संबन्ध स्थापित गरेको थियो, ताकि गोरखाले दुर्गमको सामुदायिक विद्यालयलाइ सहयोग गर्न सकोस्, र गोरखाका विद्यार्थिले पनि दुर्गम बस्तीमा रहेको सामुदायिक विद्यालयको शिकाइ अभ्यास साटासाट गर्न सकुन भन्ने उदेश्यले भगिनी सम्वन्ध राखिएको शैक्षिक निर्देशक दुर्गा केसीले वताए ।

विद्यालयमा जम्मा १४ जना शिक्षक रहेको बताइन्छ । रजिष्टरको तथ्यांकमा एक सय ३० जना विद्यार्थिले अध्ययन गरीरहेको देखिएको छ । यद्धपि विद्यार्थिहरु भने नियमित कक्षामा उपस्थीत नहुने गरेको बताइन्छ । कार्यशालामा विद्यालयका ४५ जनाको सहभागिता रहेको थियो । उनीहरुले लेखेका कथामा आफुले र गाउघरमा भोगेका भोगिएका व्यथाहरुलाइ सृजनात्मक रुपमा प्रस्तुत गरिएको थियो ।
प्रतापकोट खासमा तुलसीपुर बजारबाट १२ किमि मात्र टाढाको दुरीमा छ । तर सडक सहज नभएको र नियमित यातायात सेवा नचल्ने भएकाले शिक्षकलाइ प्रतापकोट आउजाउमा समस्या देखिन्छ । अव यहांको सडकलाइ पनि स्तरोन्नती गरी वाह्रै महिना गाडि चल्ने बनाउनुपर्ने पनि स्थानियको माग छ ।


