केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेताहरू समेत आफूहरूको पार्टीतर्फ आउने दाबी गरेका छन् । बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग सहमतिपत्रमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमालेका नेताहरू पनि नेकपामा आउने दाबी गरे ।

उनले केपी शर्मा ओलीको व्यवहार मन नपराउनेहरू नेकपामा आउने बताए । उनले भने, ‘हामी १२ वटा समूह एक ठाउँमा आइसकेका छौँ । केपीले हावादारी कुरा गर्छन्, एमाले छाडेर सबै नेताहरू यहाँ आउनेछन् ।’

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस