बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेर छापावाल सुन २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला ५० रुपैयाँले बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस