२०५४ सालपछि जन्मिएकाले मात्रै पाउनेछन् वार्षिक ५ हजारमा टेलिकमको ‘फाइबर विद्यार्थी अफर’

काठमाडौँ । नेपाल टेलिकमले आइतबार सार्वजनिक गरेको फाइबर विद्यार्थी अफरको सुविधा २०५४ सालपछि जन्मिएका विद्यार्थीहरुले मात्रै पाउने भएका छन् ।

कम्पनीले वार्षिक चार हजार ९९९ रुपैयाँमा यो अफर ल्याएको हो । कम्पनीका अनुसार यो डेटा प्याकेजमा ३० एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिनेछ भने दैनिक एफयूपी २५ जीबी हुनेछ । एफयूपी पार गरेपछि पनि ५ एमबीपीएसमा डेटा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यस अफर २०५४ सालपछि जन्मिएर हाल अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर ल्याइएको बताए ।

उनका अनुसार सेवाका लागि आवेदन दिने विद्यार्थीहरूले शैक्षिक संस्थाबाट जारी गरिएको परिचयपत्र, जन्ममिति खुल्ने सरकारी कागजात, र नाबालकको हकमा अभिभावकको नागरिकता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस