काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। अघिल्लो दिन बिहीबार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६०० रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४०० कायम भएको छ। बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८०० पुगेको थियो।
सुनको मूल्यसँगै चाँदीको पनि भाउ बढेको छ। महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो।
प्रकाशित मिति : २०८२ कार्तिक २१ गते शुक्रवार


