दलाल, नोकरशाही तन्त्र र पुँजीवाद अझै हाबी छ : प्रेमबहादुर सिंह

काठमाडौं । नेकपा (साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले दलाल, नोकरशाही तन्त्र र पुँजीवाद अझै हाबी रहेको बताएका छन् । भृकुटीमण्डपमा बुधबार आयोजित एकता सम्मेलनमा उनले समाजवाद हुँदै वैधानिक साम्यवादको लक्ष्य हासिल गर्न बाँकी रहेकाले कम्युनिस्ट एक ठाउँमा उभिएको बताए ।

उनले देशको राष्ट्रियता, नेपालको कम्युनिस्ट आन्दोलन, अहिलेसम्मका उपलब्धि गम्भीर खतरामा रहेको पनि बताए । त्यसको रक्षार्थ कम्युनिस्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको अगुवाइमा क्रान्तिकारी कम्युनिस्ट एकै ठाउँमा उभिएको बताए ।

उनले जेनजी आन्दोलनको आवरणमा सिंहदरबार, संसद् भवन, अदालतलगायत राष्ट्रिय सम्पत्ति जलाएको पनि बताए । देश इतिहासको विषम परिस्थितिमा उभिएको भन्दै सिंहले नयाँ क्रान्तिमा जोडिन सबैलाई आह्वान गरे । उनले नयाँ युवालाई सशक्त भएर आउन आग्रहसमेत गरे ।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस