युएईले टस जित्यो, नेपाल पहिले ब्याटिङ गर्दै

विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोली युएईले टस जितेर पहिले बलिङ रोजेको छ।

नेपाल केही समयपछि पहिले ब्याटिङका लागि मैदान उत्रिने छ। आजको टोलीमा एक परिवर्तन गरिएको छ। गुलशन झाको स्थानमा कुशल मल्ललाई प्लेइङ ११ मा समेटिएको छ।

नेपाल, अमेरिका र युएई समिलित त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल अघिल्ला तीन खेलनै गुमाउन पुगेकाले अन्तिम खेल जित्नैपर्ने दबाबमा छ। युएईमा जारी विश्वकप लिग–२ को पाँचौं शृंखालाको अन्तिम खेल खेल्दै गर्दा अङ्क तालिका सुधार गर्नुपर्ने चुनौती नेपाललाई रहेको छ। समग्रमा १९ खेल खेलको नेपाल १२ हार र पाँच जितकासाथ १२ अंक जोडेर सातौं स्थानमा छ। दुई खेल भने विना नतिजा टुंगिएको थियो।

युएई र नेपाल दुवैले अमेरिकासँगको दुवै खेल गुमाएकाले स्वभाविक रुपमा नेपाल कम्तिमा युएईलाई हराएर अन्तिम खेलमा सुखद नतिजा निकाल्न चाहन्छ। पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले हारेको नेपाल दोस्रो खेलमा युएइसँग पाँच विकेटले पराजित भएको थियो।

त्यस्तै तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले हारेको नेपाल अन्तिम खेलमा युएईलाई हराएर पुनस्एकपटक सम्हालिने लक्ष्यमा रहने छ। युएइ भने पछिल्लो खेलमा अमेरिकासँग २ सय ९३ रनको लक्ष्य पछ्याउँदा ४९ रनमै अलआउट भएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस