आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधवार) पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला २ लाख ९९० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँ थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार ९७० डलर छ भने चाँदी ४७.७० डलर छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस