गगनको प्रस्तावित महाधिवेशनमै निर्वाचन आयोगमा समानुपातिक बन्द सूची बुझाउने समय

आजको केन्द्रीय कार्यसमिति बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले १६ देखि १९ पुसभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । लामो रस्साकस्सीका बीच थापाले उक्त मिति प्रस्ताव गरेका हुन् ।

थापाले बैठकको सुरुवातमा सम्बोधन गर्दै १६ देखि १९ पुससम्म १५औँ महाधिवेशनको प्रस्ताव राखेका थिए ।

विशेष महाधिवेशनका लागि कांग्रेसमा लामो प्रयास भएको थियो । नियमित अधिवेशन हुन नसक्दा विशेष अधिवेशन गर्ने र त्यो पनि चुनावअघि नै गर्ने प्रयासमा थापाको उक्त प्रस्ताव आएको हो ।

तर, थापाको प्रस्तावकै समयमा निर्वाचन आयोगको चुनावी कार्यतालिका पनि आएको छ । आजै निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार समानुपातिक निर्वाचनका लागि १८ / १९ पुसमा दलहरूले बन्द सूची पेस गर्ने कार्यतालिका रहेको छ । अर्थात्, थापाको प्रस्तावित मितिकै समयमा समानुपातिक चुनावका लागि बन्दसूची बुझाउने समय आएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस