विजौरी । तुलसीपुर उपमहानगरपालिका—१८ विजौरीस्थीत साक्षी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नबौं साधारणसभा तथा तेस्रो अधिवेशन शनिवार विजौरीमा संपन्न भएको छ । साधारणसभा तथा अधिवेशनमा सहभागी शेयर सदस्य तथा वचतकर्ताहरुको अपेक्षा संस्थाको पारदर्शिता, दुरदर्शिता र स्थीरतामा थियो । बचतकर्ताहरुले चाहेका वेला आफ्नौ पैसा फिर्ता लिन कुनै समस्या नहोस भन्ने सुभेच्छा सञ्चालक समितिबाट गरेका थिए ।
संस्थाका अध्यक्ष दामोदर बस्नेत (राकेश)को अध्यक्षता तथा संस्थाकै शेयर सदस्य तथा बिजौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुक्त वहादुर वली(मुकेश)को प्रमुख आतिथ्यमा भएको साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रुपमा नयां नेतृत्व समेत चयन गरेको निर्वाचन समितिका संयोजक गोकर्ण पौडेलले जानकारी दिएका छन् ।

संस्थाका शेयर सदस्य तथा शिक्षा उपसमितिका संयोजक गोकर्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार शुनिल पोख्रेल, संस्थाका लेखा परीक्षक तुलसी गिरी, मानपुर रेडक्रसका सचिव लोक वहादुर वली र प्रमुख अतिथि मुकेश वलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभा तथा अधिवेशनमा संस्थाका सचिव राजन लामीछानेले संस्थाको बार्षिक प्रतिवेदन सहित भावि कार्यक्रमका विषयमा समेत जानकारी गराएका थिए ।
संस्थाका कोषाध्यक्ष रविन्द्र केसीले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक शरण जिएमले लेखा प्रणालिको पारदर्शिता र विश्वसनियतामा सुझाव दिएका थिए । साथै उनले संस्थालाई जिवन्त र पारदर्शि बनाउन लेखाको विशेष महत्व हुने पनि बताएका थिए । साधारणसभा तथा अधिवेशनका अध्यक्ष दामोदर बस्नेत(राकेश)ले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्ण कार्यसमिति सदस्यहरु, कर्मचारीहरु एवं यो संस्थालाई यहांसम्म ल्याउन दैनिक तथा मासिक बचत गर्ने बचतकर्ताहरुलाइ धन्यवाद दिए ।

यसैबीच साधारणसभाकै अवसर पारेर सहभागी बचतकर्ता तथा सदस्यहरुलाई गोला प्रथाबाट फ्रिज, राइसकुकर, मोवाइल सेट र भित्ते घडि उपहार प्रदान गरिएको थियो । गोला प्रथाद्धारा एक जनालाइ फ्रिज, एक जनालाइ राइसकुकुर, एक जनालाइ मोवाइल फोन र सात जनालाइ भित्तेघडि उपहार प्रदान गरिएको थियो ।
गोला प्रथाद्धारा फ्रिज उपहार पाउनेमा विमला केसी, मोवाइल पाउने शान्ता पुन, राइसकुकर पाउने कमानसिंह बस्नेत र भित्तेघडि पाउनेहरुमा यादव कुमार भुसाल, विष्णु शर्मा, समिक्षा केसी, समिर केसी, एसीया बस्नेत, सन्देश वुढाथोकी र संभव पौडेल रहेका छन् ।
साक्षीमा पुनः राकेशको नेतृत्व
यसैबीच साधारणसभामा वर्तमान अध्यक्ष दामोदर बस्नेत(राकेश)कै नेतृत्वमा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक गोकर्ण पौडेलले जानकारी दिएका छन् । निर्वाचन समितिको अन्य सदस्यहरुमा वावुराम रेग्मी र शिवा केसीमा रहेका थिए ।

त्यसैगरी नयां कार्यसमितिको उपाध्यक्षमा भगवता भट्टराई, सचिवमा राजन लामीछाने, कोषाध्यक्ष रविन्द्र केसी, सदस्यहरु चेवन उपाध्याय, शान्ता पुन, मालता केसी पनि सर्वसम्मत रुपमा चयन भएका छन् भने लेखा समिति संयोजकमा शरण जिएम सवंसम्मत रुपमा चयन भएको समितिले जनाएको छ ।
साक्षी बचत तथा ऋण सहकारी संस्थामा हाल महिला र पुरुष बचतकर्ताहरु गरी करीव एक हजारको हाराहारीमा सदस्यहरु रहेका छन् । अर्को अधिवेशनमा शेयर सदस्यको संख्या दोव्वर बढाएर दुई हजारको हाराहारीमा पुराउने नयां कार्यसमितिले बाचा गरेको छ ।


