आज सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो

काठमाण्डौ – आज सुनको भाउ स्थिर रहेको छ । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहार विदापछि सुनको भाउ लगातार घट्दै आएको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस