चौथो दिनपनि घट्यो सुनको भाउ, कतिमा झर्‍यो ?

काठमाण्डु– नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३६ हजार ३०० रुपैयाँ मा करोबार हुने नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ लगातार घटिरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस