कांग्रेस सभापति देउवा उपचारका लागि सिङ्‌गापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिङ्‌गापुर जाने भएका छन् । केही दिनमा देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिङ्‌गापुर जान लागेको कांग्रेसका एक नेताले जानकारी दिए ।

गत २४ भदौमा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले रातको समयमा उद्धार गरेर देउवालाई सैनिक अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए ।

त्यसपछि देउवा २८ असोजमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर आराम गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस