कुलमानमाथि खनिए दुर्गा, भने: अब अमेरिकी सेना ल्याउँदैछ

काठमाडौँ । राजावादी अभियन्ता दुर्गा प्रसाईं मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर उर्जामन्त्री कुलमान घिसिङमाथि खनिएका छन्। प्रसाईंले कुलमानकै कारण नेपालमा अमेरिकी सहायता परियोजना(एमसिसी) आएको र अब अमेरिकी सेना नै आउने दाबी गरेका हुन्।

‘कुलमान घिसिङलाई तपाईं भगवान् मान्नुहुन्छ निरु एमसिसी र एमसिए नेपाल ल्याउने नै कुलमान घिसिङ हुन्,’ पत्रकार सम्मेलनमा प्रसाईंले दाबी गरे, ‘एमसिसी पास गराउने कुलमान घिसिङ, त्यसको वकालत गर्ने कुलमान घिसिङ, स्वर्णिम वाग्लेहरू।’

अब एमसिए नेपाल भन्दै अमेरिकी सेना ‘भित्र्याउने कुलमानहरू’ भन्दै उनले अगाडि भने, ‘अब छिट्टै अमेरिकन सेना आउँदै छ यहाँ।’

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस