सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस