पावरप्लेमा नेपालले १ विकेट गुमाउँदै ५९ रन बनायो

काठमाडौं : टप एण्ड टी २० सिरिजको चौथो खेलमा नेपालले हर्बट हुरिकेन्ससँग मध्यम सुरुवात गरेको छ। अष्ट्रेलियाको पामर्स्टनस्थित काजालिस मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पावरप्लेको ६ ओभरमा १ विकेटको क्षतिमा ५९ रन बनाउँदै खेलिरहेको छ।

नेपालका लागि पहिलो विकेटको रुपमा कुशल भुर्तेलको विकेट गयो। उनले २१ बलमा २७ रन बनाउँदै विकेटकिपरको हातमा क्याच भए। ५.२ ओभरमा विकेटकिपरले क्याच मिस गर्दा जिवनदान पाएका भुर्तेलले अर्को बलमा विकेटकिपरकै हातमा क्याच भए।

हुरिकेन्सका लागि मार्कस विन्सले पहिलो विकेट लिए। हाल क्रिजमा ओपनर आसिफ शेख १७ र वान डाउन आएका भिम सार्की ५ रनमा खेलिरहेका छन्।

नेपालले पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश ए सँग ३२ र तेस्रो खेलमा मेलर्वन स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
नेपाल चौथो खेलमा पहिलो जितको खोजीमा रहनेछ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस