सुनको मूल्य फेरि उकालो, चाँदी पनि पाँच रुपैयाँले बढ्यो

काठमाडौं– नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सोमवार उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो।

आइतवार तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमवार तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि वृद्धि भई तोलामा १ लाख ९५ हजार ७५० रुपैयाँमा कायम भएको छ।

चाँदीको मूल्यमा समेत सानो वृद्धि देखिएको छ। आइतबार तोलाको २ हजार ३१० रुपैयाँ रहेको चाँदी सोमबार ५ रुपैयाँ बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भएको हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र मागमा आएको परिवर्तनका कारण स्थानीय बजारमा समेत सुनचाँदीको मूल्यमा प्रभाव देखिएको हो।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस