काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको मूल्य एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ भने चाँदीको प्रतितोला १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ मूल्य घटेसँगै सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी चाँदी प्रतितोला २ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ३७६.०३ अमेरिकी डलर र चाँदी ३८.०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार


