हालसम्मकै उच्च विन्दुबाट सामान्य घट्यो सुनको भाउ

काठमाडौँ । हालसम्मकै उच्च विन्दुबाट आज सुनको भाउ सामान्य घटेको छ ।

आज आइतबार छापावाला सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यता आज असली चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ । जस अनुसार आज चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय ३० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस