काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा आइतबार तोलामै ३४ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ थियो ।
सुनको मूल्यमा उच्च वृद्धि भइरहँदा आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ ।
मूल्य बढेसँगै आज चाँदीको मूल्य प्रतितोला २ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार २३५ रुपैयाँ थियो ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भइरहँदा आज अन्तराष्ट्रिय बजारमा मूल्यमा बढोत्तरी आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार ३६३ डलर र चाँदी ३७ डलरमा किनबेच भइरहेको छ ।


