सुनको मूल्य स्थिर रहँदा चाँदीमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आइतबार सोमबार चाँदीको मूल्य तोलामा २२ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २२ सय ९० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस