राष्ट्रिय परिक्षा वोर्डको चरम लापरवाहिः परिक्षा नदिएको विषयमा पास

बिजौरी । यतिवेला कसले कति अंक ल्यायो, कुन स्कूल या कलेजमा पढ्ने भन्ने चर्चा चलिरहेकै समयमा दाङको विजौरी स्थित जनता माविमा एसइइको रिजल्टले तनाव दिएको छ ।

जुन विषयको परिक्षा दिएको त्यो विषयको पास या फेल या अनुपस्थित हुनु स्वाभाविककै मानिन्छ तर जुन विषयनैं पढाई हुदैन त्यहि विषयमा पास या फेल भइन्छ भने त्यसमा अनौठो मानिन्छ ।

हो जनता माध्यामिक विद्यालय विजौरीमा यहि भएको छ । विज्ञान तथा प्रविधिको विषय पढाई हुन्छ अनि त्यहि विषयको परिक्षा पनि हुन्छ तर रिजल्ट आउदा उक्त विषयको ठाउँमा शुक्ल यजुरेवेद विषयको रिजल्ट आउछ । परिक्षानैं नदिएर १४ जना विद्यार्थी पास हुन्छन् ।

विद्यालयका सहायक प्रधानाध्पक टिकाराम पौडेलका अनुसार जव हामी विद्यार्थीको ग्रेट सिट हे¥यौं अचम्म भयौं । सबैं विद्यार्थीको ग्रेटसिटमा । विज्ञान तथा प्रविधि विषय हुनुपर्नेमा शुल्क यजुर्बेद विषय पो भएको रैछ । कति लापरवाहि हो आकलननैं गर्न सकिदैन ।

परिक्षा वोर्डको यो चरम लापरवाहिलाई के सम्वन्धित निकायले मुकदर्शक भएर बस्ने हो ? आम विद्यार्थीको भावनामा यति ठुलो आघात पु¥याउदा पनि कार्वाहि हुदैन ? अहिले सर्वत्र चर्चा यहि छ ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस