सुनचाँदीको मूल्य स्थिर

काठमाडौं– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि शुक्रबार तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार पनि सोही मूल्यमा कायम भएको हो ।

यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ रहेकोमा आइतबार पनि सोही मूल्यमा यथावत रहेको छ ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस