आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
आज सुन तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा ६५ रुपैयाँले महंगो भएको छ । आज चाँदी तोलाको २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १६० रुपैयाँमा किनमेल भएको थियो ।
प्रकाशित मिति : २०८२ असार ४ गते बुधवार


