संसद्‌मा रास्वपा : नखाऊँ भने दिनभरिको शिकार, खाउँ भने…

नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरिरहेको संसद् अवरोधप्रति तीखो टिप्पणी गरेका छन्।

भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गरे पनि यो मुद्दामा आफैं अप्ठेरोमा परेको उनको विश्लेषण छ। रिजालले नेकपा (माओवादी केन्द्र) को पनि आलोचना गरेका छन्।

रिजालका अनुसार रास्वपाले जति संसद् अवरुद्ध गर्छ, त्यति नै आलोचनाको भारी बोकिरहेको छ। उनले भनेका छन्, ‘हौसिएर गृहमन्त्रीको राजीनामाको माग उठाइहालेपछि दुई बुँदे सहमतिको रुमालले मुख छोप्दै पछि हट्दा माओवादी आफ्नै पंक्तिभित्र तीब्र आलोचित भइरहेको छ।’

उनले अगाडि लेखेका छन्, ‘यसभन्दा ठूलो संकटमा रास्वपा फसेको छ। रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद् चल्नुरनचल्नुसँग मतलब छैन। संसद्मा रास्वपा नेतृत्वविहीन छ र गृहमन्त्रीको राजीनामाको मागमा नराम्ररी फसेको छ।’

रास्वपाको अवस्थालाई उनले ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने…’ भन्ने उखानसँग तुलना गरेका छन्।

प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस