सुनचाँदीकै मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलाको २१ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको हो ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस