नेपाली फुटबल टोलीले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा आज (मंगलबार) लाओससँग खेल्दैछ। मलेसियासँग २–० को हार बेहोरेको नेपाल लाओसविरुद्ध जित निकाल्दै कमब्याक गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
खेल न्यु लाओस नेशनल स्टेडियममा आज बेलुका पौने छ बजे सुरु हुँदैछ। नेपालले तयारीका लागि हङकङसँग गोलरहित बराबरी खेलेको थियो। यसअघि लाओसविरुद्ध ६ खेलमा अपराजित रहेको नेपाल फिफा वरीयतामा पनि १७५औं स्थानमा रहँदा लाओस १९०औं स्थानमा छ।
लाओसले भियतनामसँग ५–० को हार बेहोरे पनि बलिया टोलीसँग बराबरी खेलेको इतिहास छ। समूहमा भियतनाम र मलेसिया बलिया प्रतिद्वन्द्वी छन्। शीर्ष टोलीले २०२७ को एसियन कपमा स्थान बनाउनेछ।
प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार


