सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतबार तोलामा २१ सय ४५ रुपैयाँ कायम भएको चाँदी सोमबार २१ सय ५० रुपैयाँमा कायम भएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस