सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । यससँगै बुधबार तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कायम भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस