काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार


