घट्यो सुनको मूल्य, बढ्यो चाँदी

काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एक हजार ६०० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ रहेकोमा बुधबार १ लाख ८९ हजार ३०० रुपैयाँमा झरेको छ।

यता, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस