सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही मूल्यमा यथावत रहेको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस