सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुन तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १९ सय ६० कायम भएको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस