महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा फेरि राजेन्द्र तामाङ

नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले फेरि प्रशिक्षणको जिम्मेवारी पाएका छन् ।

एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट र थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई निरन्तरता दिएको हो ।

एन्फाका महासचिव किरण राईले तामाङलाई नियुक्तिपत्र प्रदान गरे । तामाङको प्रशिक्षणमा नेपाल वाफ च्याम्पियनसिप, साफ च्याम्पियनसिप र फोर नेशन्स कपको उपविजेता बनेको थियो ।

सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक सुरज कुमार लामा र टिम म्यानेजर वृन्दा देवकोटाले पनि आफ्नो जिम्मेवारीमा निरन्तरता पाएका छन् । यसपटक लक्ष्मी भट्टराई टिमको नयाँ फिजियोथेरेपिस्टको रूपमा नियुक्त भएकी छन् ।

एन्फाले पहिलोपटक महिला टिमका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया थालेको बताइएको छ । नयाँ प्रशिक्षक नआएसम्म राजेन्द्र तामाङले नै टिमको प्रशिक्षण सम्हाल्नेछन् ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस