कार्लोससँगको भेटपछि प्रधानमन्त्री: खेल राम्रो त छँदै थियो, मुस्कान पनि मीठो लाग्यो

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ ।

विश्व विजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन्।

कार्लोससँगको भेटघाट प्रधानमन्त्री ओलीले कार्लोसको खेल राम्रोसँगै मुस्कान पनि मीठो भएको बताएका छन्।

कार्लोससँगको तस्बिर राख्दै ओलीले लेखेका छन्,‘ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोससँग आज भेट भयो। उहाँको खेल राम्रो त छँदै थियो, मुस्कान पनि मीठो लाग्यो।’

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस