सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १९ सय ६५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस