काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । आज बिहान बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको हो।
बैठकमा समसामयिक राजनीति, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी रणनीतिबारे छलफल हुनेछ। सरकारले संसद् बैठक आह्वान गरेकाले यसमा दलले उठाउने विषयमा पनि छलफल हुनेछ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसक आन्दोलनबाट मिश्र र राणा पक्राउ परेका थिए। राप्रपाले उनीहरूको रिहाइको माग गर्दै अल्टिमेटम दिँदै आएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार


