हङकङ टी–२०आई : नेपालले टस जितेर कुबेतलाई दियो ब्याटिङको निम्तो

हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुबेतविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ। टस हारेको कुबेतले ब्याटिङ थालेको छ।
शनिबार हङकङसँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताको फाइनलमा पुगेको थियो।
नेपाल ५ अंकसहित शीर्ष स्थानमा पुगेको थियो। कुबेत पनि कतारलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
प्रतियोगितमा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागि छन्।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस