आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज सामान्य अंकले घटेको छ । आईतबार १ हजार ९ सयले घटेको छापावाल सुन आज (सोमबार) तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ३० रुपैयाँ बढेको छ । हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस