सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर रहेको हो । अघिल्लो कारोबार दिन बुधवार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार लागि पनि १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको १५ रुपैयाँले घटेको छ । बुधवार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार २ हजार ३० रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस